साउन ४, काठमाडौँ- काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा रहेको वीपी पुस्तकालयमा विद्यार्थीको एक समूहले आइतबार दिउँसो आगजनी गरेको छ । आगजनीबाट पुस्तकालायाका ४ हजारभन्दा बढी पुस्तक जलेर नष्ट भएका छन् ।
आइतबार दिउँसो अनेरास्ववियूका नेता प्रेम केसीमाथि खुकुरी प्रहार भएपछी त्रिचन्द्र क्याम्पसमा झडप शुरु भएको थियो । एमालेसम्वद्ध अखिलका केसीलाई नेवि संघ समर्थित कार्यकर्ताले खुकुरी हानेको आरोप अखिलले लगाएको छ।खुकुरी प्रहारबाट घाइते भएका केसीको मोडल अस्पातालमा उपचार भइरहेको छ।
अखिलले स्ववियु र पुस्तकालयमा आगजनि गरेको आरोप नेविसंघले लगाएको छ । तर अखिलले उल्टै नेविसंघ लाइ आगजनीको दोषी भएको आरोप लगाएको छ । प्रहरीले आगलागी नियन्त्रणमा लिएर क्याम्पसलाई सुरक्षाघेरामा राखेको छ।
– See more at: http://annapurnapost.com/en/news/political/10765/%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0-%E0%A4%95%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%B8%E0%A4%AE%E0%A4%BE-%E0%A4%96%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%B0%E0%A5%80-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%BE%E0%A4%B0-%E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80.htm#sthash.Gyah908O.dpuf






