फेवातालमा डुबेर एक जनाको मृत्यु

साउन ४, काठमाडौँ- काठमाडौँ बाट पोखरा घुम्न पुगेका एक युवकको फेवातालमा डुबेर मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेका अर्का एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

आईतबार दिउँसो फेवातालको उपल्लो भाग खपौदी क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ ग्यनेश्वोरका २४ वर्षीय निखिल शाक्यको मृत्यु भएको हो। उनीसंगै पौडी खेल्दा डुबेका दीनेश कार्कीलाई भने प्रहरीले उद्दार गरेको छ । उद्धार गरि गण्डकी मेडिकल कलेजमा उपचारार्थ लगिएका कार्कीको अवस्था गम्भिर छ। उनको आईसियुमा उपचार भइरहेको छ ।

फोटोग्राफी प्रशिक्षणको क्रममा उनीहरु अन्य साथीहरु संगै पोखरा आएका थिए। तालमा डुबेको थाहा पाएलगत्तै पुगेको प्रहरीले दुबेकाको खोजी गरेको थियो । नेपाल प्रहरीको सशस्त्र गणको उद्धार टोलीले पानीमुनिबाट शाक्यलाई बाहिर निकालेको हो । शाक्यलाई करिब एकघण्टापछि फेला पारिएको थियो । फेवाताल किनारमा रेस्क्यु टावर स्थापना गरेपछि डुबेर मृत्यु भृएको यो नै पहिलो घटना हो ।

सम्बन्धित शिर्षकहरु