महाकाली नदीको पुलबाट ओहोरदोर गर्न रोक

साउन ३ ।कञ्चनपुर,नेपाल भारत सीमामा रहेको महाकाली नदीमा बाढी बहाव बढेपछि आज बिहानदेखि त्याहाको पुलबाट ओहोर दोहोर गर्न रोक लगाइएको छ ।

निरन्तर भइरहेको वर्षाका कारण नदीको बहाव ८० हजार क्युसेक पुगेपछि पुलको आवागमनमा रोक लगाइने गरिएको छ ।

बिहान ७ बजे गरिएको मापनअनुसार महाकाली नदीको बहाव एक लाख ४० हजार १९२ क्युसेक प्रतिसेकेण्ड पुगेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

पहाडी जिल्लामा पानी पर्ने क्रम नरोकिएकाले नदीको बहाव बढ्दै जान थालेको छ । पानीको बहाव बढेसँगै सीमा पुलमा सवारीसाधन र पैदल यात्रुलाई समेत हिँडडुल गर्नमा रोक लगाइएको उहाँले बताउनुभयो ।

पुलमा आवागमन बन्द गरिएपछि भारतबाट नेपालतर्फ आउने सयौँ यात्रु सीमावर्ती भारतीय बजार बनवसामा बस्न बाध्य भएका छन् ।

गत वर्ष यस क्षेत्रमा महाकाली नदीको बाढी पसी विद्यालयसहित एक दर्जनभन्दा बढी घर बगाएर लगेको थियो ।

सम्बन्धित शिर्षकहरु