कांग्रेस महामन्त्री सिटौला भारत प्रस्थान

साउन १ । बिराटनगर, संविधानसभामा मस्यौदा समितिका सभापतिसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला आज भारत प्रस्थान गर्नु भएको छ ।

परिवारजनका साथ सिटौला तीर्थव्रतका लागि जोगवनी हुँदै भारतको देउघरतर्फ लाग्नु भएको हो ।

नियमितजसो भारतमा धार्मिक भ्रमण गर्दै आएका सिटौलाले पत्रकारहरुलाई देउघर जान लागेको बताए ।

बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले एमाओवादी अध्यक्ष प्रचण्डले मोर्चा गठन गरेर रगतको खोलो बग्छ भन्ने कुरा सम्भव नभएको बताए ।
व्यवस्थापिका संसदमा बजेटबारे छलफल चलिरहेका बेला सिटौला भने भारत भ्रमणमा जानु भएको हो ।

स्थानीय निकायको निर्वाचन संविधान बनेपपछिमात्रै हुने उहाले बताउनु भयो ।

प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्यलाभ गरेर यसैसाता फर्कने र त्यसपछि २६ सभासदको मनोनयन गरिने सिटौलाले बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु