असार २७, काठमाडौं- सामान्य भन्दा करिब एक महिना ढिला गरि शुरु भएको मनसुन बल्ल सक्रिय भएको छ । नेपालमा बंगालको खाडी हुदै सामान्यत: जुन पहिलो साता नै मनसुन प्रवेश गर्ने हुनेगरेको भएपनि यो बर्ष ढिलो करिब १ महिना ढिला गरि जुन २० मा मात्रै नेपाल प्रवेश गरेको थियो ।

१ महिना ढिलो गरि शुरु भएको मनसुन पनि सत्रिय हुन नसक्दा कृषकहरुले खेती किसानी गर्न पाएका थिएनन् । सक्रिय मनसुनको अभाबमा मुलुकका केही स्थानमा फाट्टफुट्ट बर्षा भएपनि मुलुकभर एकसाथ बर्षा हुन सकेको थिएन । नेपालमा बल्ल हिजोबाट मुलुकभर एकसाथ बर्षा हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिए । यो क्रम अब १ साता सम्म जारी रहने उनले बताए ।
यो बर्ष सबै भन्दा धेरै पूर्बी भेगमा पानी परेको छ । काठमाडौं उपत्यका लगायत मध्य पहाडी भेगमा भने अब बर्षा शुरु हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा हिजो देखि बिहानसम्म ११ मिलीमिटर बर्षा भएको छ ।








