नवलपरासीको दुम्किबासमा ट्रक दुर्घटनामा एकको मृत्यु,एक घाइते

असार २६ ।परासी,नवलपरासीको दुम्किबासमा ट्रक पल्टिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
दुम्किबास गाविस-५ दाउन्नेको ओरालोमा ट्रक पल्टिँदा ट्रकधनी चितवन भरतपुर नगरपालिका–१२ बस्ने वर्ष ६० का वीरेन्द्र पाण्डेको घटनास्थलमै मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २५११ नम्बरको ट्रक गएराति ११ बजेको समयमा दाउन्नेको ओरालोमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

चालक मकवानपुर पदमपोखरीका ३३ वर्षीय मोतीलाल सापाकोटा गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते सापकोटाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षकहरु