स्याङजाका एक किशोर एक हप्तादेखि वेपत्ता

असार २६। पोखरा, स्याङजाका एक किशोर हराएको एक हप्ता पुग्न लाग्दा समेत अझै भेटिएका छैनन् ।

स्याङजा जिल्ला स्वरेक गाविस वडा नम्बर ८ डौवा स्थायी घर भएका कृष्णप्रसाद पंगेनीका १५ वर्षिय छोरा गणेश पंगेनी बेखबर भएको आज एक हप्ता पुगेको छ ।

गहुँगोरो वर्णको कक्षा ९ मा अध्यनरत गणेश यही असार २१ गतेदेखि बेपत्ता भएका हुन ।

उनी हराएको लामो समय वितिसक्दा पनि कुनै खबर नपाएको भन्दै परिवारजन्हरु चिन्तित छन ।

सम्बन्धित शिर्षकहरु