ब्राजिलियन फ्यान नेपाली किशोरीद्वारा आत्महत्या

असार २५, काठमाडौँ – जारी विश्वकपको सेमी फाइनलमा आफुले समर्थन गरेको टोलि ब्राजिलले अप्रत्यासित हार व्यहोरेपछि एक नेपाली किशोरीले आत्महत्या गरेकी छन् ।

ब्राजिलकी जबरजस्त फ्यान १५ वर्षीया किशोरी प्रज्ञा थापाले सुनसरी भरौल ९ स्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । जारी विश्वकपमा शुरुदेखि ब्राजिलको समर्थन गर्दै आएकी प्रज्ञाले जर्मनीले ७-१ को फराकिलो अन्तरमा ब्राजिललाइ हराएपछि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको ।

स्थानीय एथलेटिक खेलाडी थापा इटहरीस्थित मार्निंग स्टार बोर्डिंग स्कूलमा कक्षा १० मा अध्यनरत थिइन् । जर्मनीसँग ब्राजिल हारेपछि निकै निराश बनेकी प्रज्ञाले हारेको भन्दै साथीहरुले जिस्क्याएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । राति सम्पन्न खेलको बिषयमा कुरा गर्दै सबैले उनलाई जिस्क्याउन थालेपछि प्रज्ञा पढ्न भनेर कोठामा छिरेकि थिइन् । भित्र छिरेको धेरैबेरसम्म बाहिर ननिस्के पछि ढोका फोरेर भित्र पस्दा उनले आत्महत्या गरिसकेको  उनका हजुरबाले जानकारी दिएको प्रहरीले जनाएको छ ।

प्रज्ञाका बुबा वैदेशिक रोजगारीका क्रममा विदेशमा छन् । घरमा हजुरबुबा र हजुरआमा मात्रै भएको बेला बिहान प्रज्ञाले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु