असनेपाल न्युज सम्बाददाता
असार २५, काठमाडौं- असार २ गतेदेखि अमेरिकामा फोक्सोको क्यान्सरको उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको चौथो चरणको रेडियोथेरापी हिजो गरिएको छ । प्रधानमन्त्रीसंगै उपचारका क्रममा अमेरिका रहेको पारिवारिक स्रोतका अनुशार उनको भोलि फेरी रेडियोथेरापी गरिने छ । चिकित्सकको सुझाव अनुसार भोली अन्तिम रेडियोथेरापी गर्न लागिएको हो ।
भोलिको रेडियोथेरापी पश्चात केही दिन आराम गर्न चिकित्सकले सुझाएका छन् । त्यसपछि उहाँको पुन: स्वास्थ्य परिक्षण गरिने छ । पुन: स्वास्थ्य परिक्षण गरेपछि मात्र चिकित्सकले प्रधानमन्त्री कोइरालाको फोक्सोमा देखिएको क्यान्सरको थप उपचारबारे निर्णय गर्ने बताइएको छ । फोक्सोमा सेतो दाग देखिएपछी नेपाली चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री कोइराला उपचारका लागि असार २ गते अमेरिका जानुभएको हो । न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टरमा उहाँको उपचार भइरहेको छ ।








