एजेन्सीको सहयोगमा रमेश अधिकारी/असनेपाल न्युज
असार २१,ब्राजिल- ब्राजिलका स्टार खेलाडी नेइमार विश्वकप २०१४ मा अबका खेलमा देखा नपर्ने भएका छन् । शुक्रबार राति कोलम्बिया संगको क्वाटर फाइनलको खेलमा घाइते भएका नेइमारको यो बर्षको बिस्वकपको यात्रा सेमिफाइनलमै समाप्त हुने भएको हो ।
शुक्रबार रातिको खेलमा कोलम्बियाका डिफेन्डरसंगको ठक्करबाट नेइमार जमिनमा लडेपछि उनलाई तत्कालै नजिकको साओ कार्लोस हस्पिटलमा लगिएको थियो । त्यहाँ उनको सिटि स्क्यान गरिएको र स्क्यानबाट उनको ढाडको हड्डी (third vertebra) भाचिएको निश्चित भएको ब्राजिलियन टिमका मेडिकल डाक्टर रोद्रीगो लास्मरले जानकारी दिएका हुन् । उनको ढाडको भाचिएको हड्डी छिट्टै निको हुने भए पनि यो विश्वकपमा नेइमार खेल्न नसक्ने उनले जानकारी दिए । ढाडको अप्रेशन नै गर्ने चोट नभएपनि निमारले केहि हप्ता हिड दुल गर्न नहुने र उनको ढाडमा बेल्ट बढेर चाल्राहित बनाउनु पर्ने उनको उपचारमा संग्लग्न चिकित्सकले जानकारी गराएका छन् ।
सेमी फाइनलमा युरोपेली जायांट जर्मनीको सामना गर्न लागेको ब्राजिलका लागि यो धुलो क्षति साबित हुने छ । यसै बीच बिस्वकै उत्कृष्ट खेलाडी अर्जेन्टिनी सुपरस्टार फूटबलर लिओनेल मेस्सीले आफ्ना बार्सिलोनाका सहकर्मी नेइमारलाइ शिघ्र स्वास्थ्यलाभको शुभकामना दिएका छन् । मेस्सिले आफ्नो फेसबुक वालमा घाइते नेइमारको फोटो राख्दै उनलाई स्वाश्थ्य लाभको कामना गरेका हुन् ।








