असार १४ ।काठमाडौ,अमेरिकामा उपचार गराइरहनु भएका प्रधानमन्त्री सुशील कोइरालाले आफु अनुपास्थित रहेपनि सरकारका काम कारबाही नरोक्न निर्देशन दिनु भएको छ ।
फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि उपचारका क्रममा अझै केही समय अमेरिकमै बस्नुपर्ने भएपछि कोइरालाले कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमलाई यस्तो निर्देशन दिनुभएको हो ।
उहाले मन्त्रिपरिषद् बैठक राखेर आवश्यक निर्णय गर्न टेलिफोनमार्फत स्वीकृति दिनुभएको हो ।
असार २ गते अमेरिका जानुअघि उहाँले आफ्नो उनुपस्थितिमा दैनिक प्रशासन चलाउन उपप्रधानमन्त्री गौतमलाई कार्यवाहकको अधिकार दिनुभएको थियो ।
कार्यवाहक प्रधानमन्त्रीलाई मन्त्रिपरिषदको बैठक राख्ने अधिकार नभए पनि आफ्नो बसाई लम्बिने भएपछि कोइरालाले बैठक नै राखेर काम गर्न भन्नुभएको सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालको निर्देशनपछि भोलि मन्त्रिपरिषद बैठक राखेर सरकारका नीति तथा कार्यक्रमलाई स्वीकृति दिने तयारी भएको रिजालले जानकारी दिनुभयो ।
यस्तै, कोइरालाले आफ्नो अनुपस्थितिमा पार्टीका काम कारबाहीअगाडि बढाउन उपसभापति रामचन्द्र पोडेललाई कार्यवाहकको जिम्मेवारी दिनुभएको छ ।
टेलिफोनमार्फत कोइरालाले पौडेललाई आफू नफर्किएसम्म पार्टीका कामलाई गति दिन निर्देशन दिनुभएको हो ।








