यार्सा गुम्बा टिप्न गएका युवकको मृत्‍यु,

असार १३। जाजरकोट,जाजरकोटमा यार्सागुम्बा टिप्न गएका एक युवकको मृत्यु भएको छ ।

डोल्पाको से फोक्सुण्डो गाविसको फूलबारी पाटनमा गएका बेला चिसो लागेर जाजरकोट रोकायगाउँ-९ का २९ वर्षीय रमेश रोकायको मृत्यु भएको प्रहरीले बताएको छ ।

रोकायको शुक्रवार विहान ३ बजे मृत्यु भएको थियो ।

युवक समेत गरी जाजरकोटबाट यार्सागुम्बा टिप्न गएका बेला मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

सम्बन्धित शिर्षकहरु