प्रचण्डको कारण पार्टी कमजोर बन्यो :रायमाझी

असार १३ । दाङ, एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले पुरानै शैली र विचार बोकेर पार्टी चलाएकै कारण पार्टी कमजोर बन्दै गएको बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रचण्डले पञ्चायती शैलीमा पार्टी चलाएको आरोप लगाउनु भयो ।

कार्यक्रममा रायमाझीले नयाँ आबश्यक्ता, नयाँ सोच, बिचार र नयाँ संगठनका लागि पुरानो शैलीमा सुधार गर्नुपर्ने वताउनु भयो ।

पुरानै शैलीले अब पार्टी चल्न नसक्ने भन्दै रायमाझीले योग्य व्यक्तिको खोजी भइरहेको वताउनु भयो ।

नेता रायमाझीले पार्टीको पराजय हालै सम्पन्न ४ वटा क्षेत्रको उपनिर्बाचनबाट समेत बिश्लेषण गर्न सकिने बताउनु भयो ।

पार्टी भित्रको आन्तरिक कलह समाधान गर्न नसक्ने नेतृत्वले अन्य पाटीहरुसँग गर्ने भनिएको कार्यगत एकता र मोर्चाको कुनै पनि अर्थ नहुने बताउनु भयो ।

एक प्रसङमा नेता रायमाझीले तोकिएकै समयमा संबिधान जारी हुने दावी गर्नु भयो ।

संबिधान निर्माणको काम तीब्र रुपमा भई रहेको बताउँदै उनले पहिलो संबिधानसभामा सहमति जुटेका बिषयहरुको स्वामित्व ग्रहण गर्ने र केही बिबादीत बिषयहरु मस्यौदा समिति र राजनीतिक संबाद समितिमा पठाइने बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु