असार १२ ।काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाको पछील्लो स्वास्थ्य परिक्षणको रिपोर्टबाट फोक्सोमा क्यान्सर भएको प्रमाणित भएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ सेन्टरका चिकित्सकहरूको टोलीले प्रधानमन्त्री कोइरालाको फोक्सोमा क्यान्सर भएको प्रमाणित गरेको हो ।
प्रधानमन्त्री कोइरालाको फोक्सोको बुधबार दोस्रो पटक ‘बोयोस्पी’ गरिएको थियो ।
उक्त ‘बायोस्पी’को रिपोर्टले फोक्सोमा क्यान्सर भएको देखाएको प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करबिरनाथ योगीले जानकारी दिनुभयो ।
फोक्सोमा क्यान्सर प्रमाणित भएपछि उपचारका लागि भोलीबाट ‘रेडियोथेरापी’ सुरु गर्ने तयारी भैरहेको डा. योगीले बताउनुभयो ।
चिकित्सकहरूको टीमले ‘रेडियोथेरापी’ पछि स्वास्थ्यमा सुधार आउने विश्वास लिएको डाक्टर जोसीले जानकारी दिनु भयो .








