अस्ट्रेलिया द्वारा नेपालमा हराइरहेका आफ्ना नागरिक हरूको खोजी कार्य तीव्र

सिड्नी। नेपाल भ्रमणमा गएका अस्ट्रेलियालीहरूको खोजविन कार्यलाई अस्ट्रेलियन सरकारले तीव्रता दिएको छ । महाभुकम्पका वेला नेपाल मा रहेका आफ्ना नागरिकहरूलाई अस्ट्रेलियन राजदुतावास तथा कुटनीतिक निकायले यसरी खोजि कार्यलाई बढावा दिएको हो । हाल सम्म एक दर्जन भन्दा बढी अस्ट्रेलियन अझै खवर विहिन भएको भन्दै नेपाल स्थित आफ्नो कुटनितिक निकाय मार्फत सो खोजि कार्य तदारुपकता का साथ अगाडि बढाउन अस्ट्रेलियाले पहल गरेको छ। यसै विच पछील्लो समयमा गएको 6.8 दसमलब को शक्तीशाली भुकम्प बाट जन धनको क्षति भईरहेकाले नेपाल भ्रमणमा जाने पर्यटकहरूलाई थप विचार पुर्याउन अस्ट्रेलियाले आफ्नो ट्राभल अड्भाइजरीमा उल्लेख गरेको छ ।
यस्तै नेपाल पुगेका नेपाली मुलका अस्ट्रेलियनको खोजि समेत moon सरकारले ब्यपक रुपमा गरेको छ । भर्खरै नेपाल भ्रमण गरेर अस्ट्रेलिया फर्केका ग्रानभिल निवासि मुन शर्मालाई आफु अस्ट्रेलिया नआईपुगे सम्म अस्ट्रेलियन निकायले आफुलाई तारन्तार ईमेल मार्फत संपर्क को प्रयास गरेको उहां असनेपालन्युज समाचारलाई बताउनुहुन्छ ।
‘अस्ट्रेलियन सरकार आफ्ना नागरिकप्रति कती धेरै संवेदनशील हुने रहेछ भन्ने यो उदाहरण हो यो , वास्तवमा नेपालले पनि यो एउटा पाठ सिक्ने हो भने जनसुरक्षा मा मद्त मिल्ने थियो ‘। ‘ मुन शर्माको भनाइ छ ।करिव सात वर्ष देखि अस्ट्रेलिया बस्दै आउनु भएका मुन शर्मा अप्रिल २५ को महाभुकम्प अगाडि नेपाल जानु भएको थियो भने उंहा सकुशल अस्ट्रेलिया भर्कनु भएको छ । आफ्ना नागरिकलाई अस्ट्रेलियन सरकारले कसरी चासो दिएर खोज्छ भन्ने कुराको उंहा एक उदाहाण बन्नु भएको छ । यसो त अस्ट्रेलिया बाट नेपाल जान चाहने हरेक नेपाली अस्ट्रेलियन लाई सरकारले अनुरोध गरेको छ ।अस्ट्रेलियाले ‘स्मार्ट ट्राभल भन्दै ‘निम्न नम्बरमा जानकारी दिन समेत आग्रह गरेको छ ।
24-hour Consular Emergency Centre +61 2 6261 3305 or 1300 555 135 or SMS +61 421 269 ०८०। यो सेवा २४ घण्टा नै उपलब्ध हुने जनाएको छ ।

सम्बन्धित शिर्षकहरु