भूकम्पबाट मर्नेको संख्या अहिलेसम्म ७ हजार ६ सय ११

बैशाख २३ ।काठमाडौ, नेपाल प्रहरीबाट प्राप्त्त तथ्यांक अनुसार वैशाख १२ गते गएको भूकम्पबाट अहिलेसम्म ७ हजार ६ सय ११ जनाको मृत्यु भएको छ ।नेपाल प्रहरीले उपलब्ध गराएको हिजो बेलुकासम्मको तथ्यांकअनुसार घाइतेको संख्या १४ हजार ४ सय ५६ रहेको छ ।

तर अझै केही ठाउँमा उद्धार गर्न बाँकी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।यसैबीच सरकारले भने आज राहत वितरणमा केन्द्रीत हुने जनाएको छ । लगभग उद्धारको काम सकिएकाले राहत वितरणमै सरकारको सबै शक्ति परिचालन हुने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु