भूकम्प पीडितलाई एमालेका नेताले ५० लाख सहयोग गर्ने

वैशाख १६ ।काठमाडौँ,भूकम्पपीडितका लागि नेकपा एमालेद्वारा गठित उद्धार तथा राहत केन्द्रीय समन्वय समितिले भुकम्प पीडितहरुलाई रु. पचास लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । एमालेका केन्द्रीय नेता,सभासद् र कार्यालयका कर्मचारीका तर्फबाट एकमुष्ट रुपमा उक्ता रकम सहयोग गर्ने निर्णय गरेको हो ।पार्टीले कृषि विकास बैंक कालिमाटी शाखामा रहेको नेकपा एमाले प्राकृतिक विपत्ति राहत कोषको खाता नंं ०२१०३००७१७९१७०१० मा जम्मा गर्ने निर्णय भएको उद्धार तथा राहत केन्द्रीय समन्वय समितिले जनाएको छ ।
यस्तै, पार्टीको संसदीय दलमा आजै प्रभावित जिल्लाका उपलब्ध सभासद्को आकस्मिक बैठक गरी आवश्यक निर्देशनसमेत दिइएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
समन्वय समितिको बैठकले उपत्यकाका अस्थायी शिविरमा सरसफाइका लागि यथोचित ध्यान दिन युवा सङ्घ नेपाल, अनेरास्ववियु, पेसागत महासङ्घ नेपाल, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र राष्ट्रिय खेलकुद महासङ्घका नेता–कार्यकर्ताको संयोजनमा स्वयम्सेवक परिचालन गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित शिर्षकहरु