काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को खुलेर प्रशंसा गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहको पहल प्रशंसनीय रहेको बताएका हुन् ।
फुटपाथबारे भने बाबुरामले बालेनलाई सुझाव दिएका छन्। उनले संसरभर स्वरोजगार श्रमिकहरू सार्वजनिक स्थानमा व्यवसाय गर्न बाध्य हुने उल्लेख गर्दै यसलाई व्यवस्थित गर्नै पर्ने बताएका छन् ।
काठमाठौँ मनपालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर @ShahBalenका पहल प्रशंसनीय छन्!’ डा. भट्टराईले लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्! अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ!’








