अस्ट्रेलियाले भन्यो-‘चिनियाँ लडाकु विमानले हाम्रो जासुसी विमानलाई खतरनाक तरिकाले रोकिदियो’

अस्ट्रेलिया । चिनियाँ लडाकु विमानले खतरनाक तरिकाले आफ्नो जासुसी विमानलाई रोकिदिएको आरोप अस्ट्रेलियाले लगाएको छ। अस्ट्रेलियाली रक्षा मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मे २६ का दिन दक्षिण चीन सागरमाथि सो घटना भएको बताएको हो।

मन्त्रालयका अनुसार रोयल अस्ट्रेलियन एयर फोर्सको पी–८ समुद्री निगरानी विमानलाई एउटा चिनियाँ जे–१६ विमानले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा अवरोध गरेको हो।

‘त्यो अवरोधका कारण खतरनाक चालबाजी उत्पन्न भयो, जसले पी–८ विमान र यसका चालकको सुरक्षामा खतरा पैदा गर्यो,’ विज्ञप्तिमा उल्लेख छ।

नवनिर्वाचित प्रधानमन्त्री एन्टोनी अल्बानिजले उचित माध्यमबाट आफ्नो सरकारले चीनसँग चिन्ता व्यक्त गरेको बताए। पछिल्ला वर्षहरुमा चीन र अस्ट्रेलियाबीचको सम्बन्ध चिसिँदै गएको छ। एजेन्सी

सम्बन्धित शिर्षकहरु