महानगर : काठमाडौं, विराटनगर, वीरगञ्ज र ललितपुरमा फराकिलो अन्तर,भरतपुरमा कडा टक्कर

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले छ वटै महानगरपालिकामा चुनावी तालमेल गरेका छन् । गठबन्धनसँगको प्रतिस्पर्धा ठूलो दल नेकपा एमालेलाई भारी पर्ने नै भयो ।

तर, काठमाडौं महानगरपालिकाको हकमा भने स्वतन्त्र उम्मेदवार बालेन साह गठबन्धन र एमाले दुवैलाई भारी परेका छन् । पछिल्लो परिणामअनुसार काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह झण्डै दोब्बरले अगाडि छन् ।

पाँच महानगरमा भने सत्ता गठबन्धन दलहरू कांग्रेसले ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टी (जसपा)ले वीरगञ्जमा लिड गरेका छन् ।

मेयरमा गठबन्धन दलले लिड गरेपनि उपमेयरमा कांग्रेस र एमालेले तीन–तीन ठाउँमा अग्रता बनाएका छन् । एमालेले कांग्रेसले उम्मेदवारी नदिएका विराटनगर, काठमाडौं र ललितपुरको उपमेयरमा अग्रता बनाएको छ भने कांग्रेसले भरतपुर, पोखरा र वीरगञ्जमा लिड गरेको छ ।

सुरुवाती परिणाम भरतपुर र पोखराको प्रतिस्पर्धा निकै पेचिलो देखिएको छ । काठमाडौं, ललितपुर, वीरगञ्ज र विराटनगरमा भने प्रतिस्पर्धीबीचको मतान्तर फराकिलो बन्दै गएको देखिन्छ ।

सम्बन्धित शिर्षकहरु