सुदूरपश्चिमको बझाङ जिल्लामा भूकम्पको धक्का महसुस

बझाङ जिल्ला सहित सुदूरपश्चिमका केहिँ जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६:०३ बजे भूकम्पको पराकम्प गएको थियो।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको थियो। ४.१ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त स्थानमा क्षति के कति भयो भन्ने बारे अझै विवरण भने आइसकेको छैन।

सम्बन्धित शिर्षकहरु