काठमाडौं । पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ।
नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार ४ बुँदे सहमति भएसँगै पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सबै कार्यक्रम स्थगित भएका हुन्।
पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको सहमति पत्रमा उल्लेख छ ।
समितिले गत फागुन २३ मा निगम समक्ष पेस गरेको मागका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीबीच निगमको केन्द्रीय कार्यालय टेकुमा भएको वार्तामा १५ दिनभित्र माग सम्बोधन गर्ने सहमति भएको हो।
विभिन्न माग राख्दै उनीहरुले एक सातादेखि आन्दोलन थालेका थिए।








