भवनको छतबाट लडेर एक मजदुरको मृत्यु

चैत २२ ।चितवन, जिल्ला प्रशासन कार्यालय चितवनको निर्माणाधीन भवनको छतबाट लडेर एक मजदुरको लडेर ज्यान गएको छ ।काठमाडौँ घर भई प्रशासन कार्यालयको भवन निर्माणमा काम गर्दै आएका २० वर्षीय राजेश भण्डारीको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

गएराति खाना खाएर प्रशासन कार्यालयको छतमा सुत्न गएका बेला उहा एक्कासि लड्नु भएको थियो ।
साँझ भएको उक्त घटनामा गम्भीर घाइते भएका उहाको राति उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।उहाको शवलाई भरतपुर अस्पतालमा राखेर पोस्टमार्टम भैरहेको छ ।

सम्बन्धित शिर्षकहरु