अष्ट्रेलिया । अष्ट्रेलियामा नेपाली युवा सन्जोग गुरुङ्को निधन भएको छ ।
४१ वर्षिय सन्जोग गुरुङ्गको उपचारका क्रममा लिभरपुल अस्पतालमा नि’धन भएको तमु समाज सिड्नीले जनाएको छ ।
सन् २००४ मा अष्ट्रेलिया आउनु भएका सन्जोगको स्थाई घर पोखरा हो ।
उहाँको एक श्रीमती र दुइ सन्तान हुनुहुन्छ । सिड्नीको नेपाली समाजमा सक्रिय सन्जोग असल व्यक्तित्वको धनी रहेको प्रेम गुरुङ्गले बताउनुभयो । समुदायका लागि सधै एक कदम अगाडी देखिने सन्जोगको अल्पआयुमै नि’धन भएको प्रति समाजले दुख व्यक्त गरेको छ ।
अक्टोबर १९ तारिख बिहान साढे १० बजे लिपिङ्गटनमा सन्जोगको अन्तिम संस्कार गरिने तय भएको छ ।








