काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टी र चुनाव चिन्हबारे दाबी पेश गरेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी पेश गरेका हुन् ।
आयोगमा अध्यक्षद्वयको सथमा वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङ, लिलामणी पोखरेल, भिम रावल, वेदुराम भुषाल, घनश्याम भुसाल, वर्षमान पुन लगायतका नेतहरुको सहभागिता रहेको थियो ।
प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेकपाको पहिलो अध्यक्ष नभएको दाबी गरेका छन् ।








