काठमाडौं । संसद विघटनको विरोधमा सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । एक कार्यक्रमकाबीच पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये सात जनाले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगर रहेका छन् ।
यसैगरी माधव नेपाल समूहबाट मन्त्री भएका घनश्याम भुसाल र योगेशकुमार भट्टराईले पनि राजीनामा दिएका छन्। गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजिनामा दिएनन्।








