फागुन १२ ।काठमाडौ,थाइल्यान्डको उदुकखानीस्थित जेलमा बसिरहनु भएका पूर्वयुवराज पारस शाह आफुमाथि लागेको मुद्दा सकिने बित्तिकै नेपाल फर्कने हुनु भएको छ ।
फागुन पहिलो साता पूर्वयुवराज्ञी हिमानी शाहले जेलमै भेटेपछि पारसलाई स्वदेश फर्काउने तयारी पनि भएको छ ।
पारस नेपाल आउँदा थाई प्रेमिकालाई नलिई आउने बताइएको छ । २९ माघमा थाइल्यान्ड गएकी हिमानी ६ फागुनमा फर्कनु भएको हो । उहाले थाइल्यान्डको उदुकखानीस्थित जेलमै पारसलाई भेट्नु भएको थियो ।भेटेपछि पारस थाई प्रेमिका कन्निका चाइसानलाई नलिई स्वदेश फर्कन राजी भएको हिमानीले परिवारका सदस्यलाई बताउनु भएको छ । पारस गत दसैंमा थाई प्रेमिकासहित स्वदेश आउन लाग्नु भएको थियो । तर श्रीमती हिमानी र बुबा ज्ञानेन्द्रले रोकेका थिए ।गाँजासहित पक्राउ पर्नु भएका पारस अदालतको आदेशकमा जेल जीवन बिताइरहनु भएको छ । पूर्वराजपरिवारले थाइल्यान्डमा मुद्दा टुंगिनासाथ पारसलाई स्वदेश फर्काउने तयारी गरेको छ ।२९ कात्तिकदेखि जेलमा रहनु भएका पारसलाई लाओससँगको सीमावर्ती उदुकखानीस्थित जेलमा ख श्रेणीको सुविधासहित राखिएको छ ।








