दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ६३ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार सेयर बजार मापक सूचक नेप्से १३ ।९४ अंकले बढेर १५९७. ७१ विन्दुमा पुगेको छ ।

यसदिन १९२ कम्पनीको १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ रुपैयाँ बराबरको कारोबार भएको छ । ५५ लाख ९ हजार ४४८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ ओरालो लागेका छन् ।

सम्बन्धित शिर्षकहरु