भक्त्तपुरका दुई उध्योगमा आगलागी,लाखौंको क्षति

फागुन ४ । भक्त्तपुरको मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित कपडा र कपडा उद्योगमा आगलागी हुँदा रु ७५ लाख बराबरको क्षति भएको छ ।लोकन्थलीको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगै रहेको उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा गएराति एकैपटक आगलागी भएको हो । आगलागीबाट दुईवटै उद्योगको ६ वटा मेसिन, लाखौ बराबरको कपास, फर्निचर र विभिन्न सामान गरी रु ७५ लाख बराबरको क्षति भएको दुईवटै उद्योगका सञ्चालक दोलखा बलराम उप्रेतीले जानकारी दिनुभयो ।

दिउँसो विद्युत्भार कटौतीले गर्दा विद्युत् नहुने भएकाले राति विद्युत् आएको बेलामा काम गर्दै आएको उद्योगमा राति २ बजे अचानक विद्युत् सर्ट भएर आगलागी भएको उहाँले बताउनुभयो । आगलागीले प्रत्यक्ष रुपमा ३५ र अप्रत्यक्ष्य रुपमा २०० मजदुरको रोजीरोटी खोसिएको छ । आगलागीबाट दुईवटै कारखानाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली तथा प्रहरी, काठमाण्डौ र ललितपुरका ६ वटा दमकलले बिहान ५ बजे आगो नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित शिर्षकहरु