माघ २२ ।नुवाकोट, नुवाकोट जिल्लाको खड्गभन्ज्याङबाट विदुर आउँदै गरेको मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
बा ३ ख ६७५ नं.आईचर गाडी चारघरे गाविसको मान्द्रेढुंगामा बुधवार साँझ दुर्घटना हुँदा सवारी धनी एवं चालक सुनील तामाङको मृत्यु भएकोहो ।
उहाको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा मृत्यु भएको हो । तामाङको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।
कादो लिएर आएको मिनिट्रक दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा थानसिं गाविस वडा नं.४ का राजु तामाङ र गोरस्याङ गाविस वडा नं ५ का बाबु तामाङ रहेका छन् । घाइते दुवैको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।








