बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा दर्जनौ बेपत्ता

माघ १५ ।ढाका,माछा मार्नका लागि प्रयोग गरिने एक डुङ्गामा क्षमताभन्दा बढी सङ्ख्यामा बङ्गलादेशी यात्रुहरु सवार रहँदा बिहीबार दुर्घटनाग्रस्त भएको छ ।
मलेसियातर्फ जान लागेका बङ्गलादेशी आप्रवासी बोकेको सो डुङ्गा बङ्गलादेशको तटीय क्षेत्रमा दुर्घटना हुँदा करिव दुई दर्जन व्यक्ति बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।
सो दुर्घटनाबाट ३२ बङ्गलादेशीलाई  सङ्कटकालीन उद्धारकर्ताहरुद्धारा उद्धार गरिएको र अन्य व्यक्तिहरु बेपक्ता रहेका प्रहरीले जनाएको छ ।
करिव दुई दर्जन व्यक्ति अझै बेपक्ता रहेका ती व्यक्तिलाई सुरक्षित उद्धार गर्नका लागि तटीय गार्ड र प्रहरी लगातार उद्धार कार्यमा संलग्न रहेका स्थानीय प्रहरी प्रमुख मसुद अलामले बताउनुभएको छ ।
सो डुङ्गामा सवार रहेका सबै यात्रु बङ्गलादेशी नै भएका र ती सबै  गैरकानुनी तरिकाबाट मलेसियातर्फ गइरहेका बताइएको छ ।
बङ्गलादेशी द्वीप कुतुब्दियानजिकै सो डुङ्गा दुर्घटना हुँदा त्यसमा १०० यात्रु सवार रहेका एक निजी टेलिभिजन च्यानलले जनाएको छ ।
सो डुङ्गामा सवार रहेका यात्रु गैरकानुनी भएका किनकि ती  व्यक्तिहरुसँग मलेसिया प्रवेश गर्ने आधिकारी  प्रवेशाज्ञा नभएको जनाइएको छ । एजेन्सी

सम्बन्धित शिर्षकहरु