काठमाडौं । प्रतिनिधि सभाको बैठ्कमा संविधान संशोधन दोस्रो विधेयक पेश गरिएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा कानून मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान संशोधन विधेयक पेश गरेकी हुन ।
सरकारले जारी गरेकाे नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सामा यस अघि छुटेकाे नेपाली भू-भाग लिपुलेक, लिम्यिाधुरा र कालापानी समेटिएको थियो ।
निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न ल्याइएको हो । संविधान संशोधन विधेयकको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत मतदान गर्न कांग्रेस कार्यसमिति बैठकले कांग्रेस संसदीय दललाई निर्देशन दिइसकेको छ ।








