युवा आख्यानकार न्यौपाने र कवि सायनलाई सम्मान गरिने

साहित्य परिवार, नेपाल मेडिकल कलेजले युवा पुस्ताका चर्चित युवा आख्यानकार अमर न्यौपाने एवं कवि रमेश सायन राजधानीमा सम्मान गर्ने भएको छ । साहित्य परिवारले न्यौपानेलाई यसवर्षको ‘साहित्य परिवार सम्मान’ प्रदान गर्न लागेको हो भने कवि सायनको कविता कृति ‘भागेर भूगोलभरि’ लाई यस वर्षको ‘साहित्य परिवार, वर्ष पुरस्कार’ प्रदान गर्न लागेको हो ।

पानीको घाम र सेतो धरतीका लेखक न्यौपाने तथा कवि सायनलाई माघ १७ गते सम्मान गरिने ‘साहित्य परिवार’का सचीव बाबु त्रिपाठीले बताउनु भयो । सर्वनाम थिएटरमा आयोजना गरिन लागिएको संस्थाको दशौं वार्षिर्कोत्सवको अवसरमा यी सम्मानहरु प्रदान गर्न लागिएको हो । कार्यक्रम डा. भोला रिजालको प्रमुख आतिथ्यमा संचालन हुने भएको छ ।
हालसम्म ‘साहित्य परिवार सम्मान’बाट  सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, जनकविकेशरी धर्मराज थापा, कवि, गीतकार क्षेत्रप्रताप अधिकारी, संस्कृतिविद् सत्यमोहन जोशी, उपन्यासकार जगदिश घिमिरे, कवि वैरागी काईँला, नाटककार प्रा.डा.अभी सुवेदी एवं बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सरुभक्त लगायत रहेका छन्

सम्बन्धित शिर्षकहरु