प्रतिपक्षीले माफी मागे मात्रै सत्ता पक्षले वार्ता गर्ने

माघ ७ ।काठमाडौ,संविधानसभामालाई अवसान गराउन योजनवद्ध ढंगले हिंसात्मक आक्रमण गरिएको भन्दै कांग्रेस एमालेसहितको गठबन्धनले उनिहरुले माफी नमागेसम्म कुनै पनि औपचारिक वार्ता नगरिने निर्णय गरेको छ ।
बैठकले मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनले एमाओवादी तथा मधेसी मोर्चाले माफी नमागेसम्म कुनै पनि औपचारिक वार्ता हुन नसक्ने निर्णय गरेको हो ।
संविधान लेखनको प्रक्रियालाई धरापमा पार्न संविधानसभामा योजनवद्ध ढंगले हिंसात्मक आक्रमण गरेको ठहर गर्दै बैठकले यस्तो निर्णय गरेको हो। सोमबार मध्यरातमा संविधानसभामा भएको घटनाको जिम्मेवारी लिदै माओवादीले माफी मागेपछि मात्रै संवाद हुनसक्ने निश्कर्ष कांग्रेस एमाले नेतृत्वले निकालेको छ। बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत दुवै दलका वरिष्ठ नेताहरु तथा सरकारमा संलग्न अन्य दलका नेता पनि सहभागी थिए।
बैठकले संविधान लेखनको प्रक्रिया पछाडि नफर्किने निर्णय गर्दै प्रक्रियाबाटै संविधान ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेको छ। सत्ता गठबन्धनमा संलग्न दलहरुको बैठकपछि बालुवाटारमा संविधानसभामा रहेका अन्य सानादलसहितको बैठक पनि बालुवाटारमा बसेको थियो। आठ दलको बैठकले संविधानसभामा भएको घटनाको निन्दा गर्दै संयुक्त विज्ञप्ती जारी गरेको छ। संविधानसभा भवनमा भएको तोडफोड तथा आक्रमणको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरिएको छ।
यसअघि संविधानसभा भवनमा पत्रकारसँ‌गको भेटमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्षा केपी ओलीले संविधान प्रक्रियाबाटै आउने बताएका थिए। एमालेका अध्यक्ष ओलीले कसैले बल देखाउँदैमा प्रक्रिया नरोकिने र संविधान दुईतिहाईबाटै आउने बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु