चिकित्सकहरुले वैद्यलाई भने रक्सी नखानुस

baidya raksibaidya raksiअत्याधिक रक्सी सेवनको कारण नेकपा-माओवादीका अध्यक्ष वैद्य बिरामी परेको भन्दै नर्भिक अस्पतालका डाक्टरहरुले उनलाई मदिरा सेवन नगर्न आग्रह गरेका छ्न । नर्भिक स्रोतका अनुसार वैद्य दोस्रो पटक विरामी परेर नर्भिक अस्पताल पुगेपछि उनको अध्याधिक मदिरा पिउने बानी रहेको थाहा भएको छ ।

वैद्यलाई उमेरका कारण पनि मदिरा नियन्त्रण गर्न र सकेसम्म अब पिउनै बन्द गर्न चिकित्सकले सुझाव दिएका हुन ।

वैद्य माओवादीको विस्तारित भेलामा पनि वैद्यको मदिरा सेवनबारे कार्यकर्ताहरुले अनौपचारिक चर्चा गरेका थिए । तर भेलामा यसलाई औपचारिक रुपमा कुरा उठाउन भने कसैको आँट आएको थिएन ।
भूमिगतकालमै वैद्यले तुम्लेटमा लोकल रक्सी बोकेर हिड्ने गरेको विषयले पार्टीमा ठूलै बहसको रुप लिएको थियो । प्रचण्ड, किरण र बादल बसेर मदिरा पिउने गरेको माओवादी नेताहरु बताउँछन् ।

सम्बन्धित शिर्षकहरु