संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार

पुस १९ ।काठमाडौँ, शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमश सुधार हुँदै आएको छ । यध्यपि उनी अस्पतालमा भने अझै एक साता बस्नु पर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

पन्चानब्बे वर्षीय जोशीले सेवन गर्दै आउनुभएको एन्टिबाएटिक शुक्रबारदेखि बन्द गरिएको छ ।
उनले अझै एक साता अस्पतालमा नै बस्नु पर्ने चिकित्सकले सल्लाह दिएका छन् ।
संस्कृतिविद् एवं साहित्यकार जोशीको उपचारमा हालसम्म रु नौ लाख ६७ हजार खर्च भैसकेको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनलाई गत मङ्सिर २१ गते स्थानीय बयोधा अस्पतालमा फोक्सोको रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको फोक्सोमा पानी जम्मा भइरहने कारण उहाँको दाहिनेपट्टि छातीमा शल्यक्रिया गरेर ट्युब राखिएकामा हाल हटाइएको छ ।

सम्बन्धित शिर्षकहरु