नक्कली गहना धितो राखेर कर्जा लिने सुनुवार पक्राउ

पुस १५ । काठमाडौ, सुनको जलप लगाएको फलाम धितो राखेर सुनबराबरको लाखौं रुपैयाँ कर्जा लिई बैंक ठगी गर्ने व्यक्ति पक्राउ परका छन् ।

नक्कली सुन धितो राखेर जनता बैंक ठगी गर्ने सिन्धुपाल्चोकका मोहन सुनुवार पक्राउ परेका हुन् । मिलेमतोका आशंकामा बैंकका कर्मचरी सगनु ताम्राकारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सुनवारले सुनको लेप लगाइएको करिब एक किलो फलाम धितो राखेर २८ लाख ५९ हजार रुपैयाँ कर्जा लिएका हुन् । पछि बैंकले शंका लागि छानबिन गर्दा उनले सुनको भनेर राखेका गहना फलामको रहेको पाइएको थियो । बैैंकले नियन्त्रणमा लिई तीन साताअघि उनलाई प्रहरीमा बुझाएको थियो ।

सम्बन्धित शिर्षकहरु