काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत चैत १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीको संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।
यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेको छ । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेको समितिले छुट्टाछुट्टै छानबिन गरेको थिए । दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सिआइबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइको हो ।, कान्तिपुरमा खबर छ ।








