राप्रपामा पदाधिकारी थपिए : कुन पदमा को-मनोनयन ? (सूचिसहित )

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बुद्धिमान तामाङ र राजीव पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेका छन्। उनले पार्टीको विधान अनुसार पदाधिकारीको संख्या थप गर्दै दुई जनालाई बरिष्ठ उपाध्यक्षमा मनोनित गरेका हुन्। उपाध्यक्षमा थापाले प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरण बहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई मनोनित गरेका छन्।

महामन्त्रीमा राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा थप गरेका छन् । लिङ्देन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद हुन् भने जवरा नेपालगञ्जका मेयर हुन् । प्रवक्तामा सुशीलकुमार श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले थप गरेका छन् । सह–महामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझी थपिएका छन् । त्यस्तै अध्यक्ष थापाले प्रदीपकुमार उदयलाई प्रदेश ५ को अध्यक्ष र दईन्द्रबहादुर ठकुरी केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ र मदन बहादुर कार्की मनोनित भएका छन्। सहायक प्रवक्तामा रमानन्द न्यौपाने मनोनित भएको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित शिर्षकहरु