पुस ७ । काठमाडौं , नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा उद्योगपति लक्ष्मीदास मानन्धर सर्वसम्मत चयन भएका छन । बन्द सत्रमा लामो छलफलपछि उनलाई सर्वसम्मत चयन गरिएको हो ।
महासंघमा नेपाल राष्ट्रिय वाणिज्य महासंघ, नेपाल निर्माण उद्योग परिषद्, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी महासंघ, निर्माण सामग्री महासंघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्षलाई उपाध्यक्ष चयन गरिएको छ ।
त्यस्तै कार्यसमितिमा ७५ जना सदस्य चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष मानन्धरले नेपालको आर्थिक स्थितिलाई लिएर सरकार र विभिन्न पार्टीका नेताहरुलाई ध्यानाकर्षण गराउने र चाँडै नै कार्यविभाजन गर्नने बताए ।








