माघे सङ्क्रान्तिमा दुई दिन बिदा

काठमाडौं । प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्य रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु