गायिका ज्योति भन्छिन कामुक देखिन मनपराउछु

jyoti magar gayikaमानिन्छ महिला लजालु हुन्छन, सभ्य हुन्छन, तर आज कतिपय साङितिक वा कलाकारीताका क्षेत्रका कतिपय महिलाहरु छाडा हुँदै गएको देखिएकोले प्रसस्त आलोचना पनि सुनिन्छ ।

आजकाल आफु कसरी हिट होइन्छ भन्ने अवस्थ्य प्रतिश्पर्धाले गर्दा पनि नेपाली गायन क्षेत्रका केही गायीकाकाहरु समेत नाङगिने क्रम बढेको छ ।

लोकगायिका ज्योति मगर विन्दास छिन् ।उनको यो विन्दास स्वभाव कहिलाकाँहि विवाद र टीकाटिप्पणीको विषय पनि बन्ने गरेको छ।
सोसल मिडियामा उनको पहिरनका बारेमा टीकाटिप्पणी गर्नेहरु निकै देखिन्छन् । यता ज्योतिले हालै एक अनलाइन साइटलाई दिएको एक अन्तर्वार्तामा आफूलाई ग्ल्यामरको पक्षमा उभ्याउँदै आफ्नो बचाउ गरेकी छन् ।
ज्योतिले भनेकी छन–जसरी तरकारीमा नुनको आवश्यकता हुन्छ, त्यसरी नै संगीतलाई पनि ग्ल्यामर चाहिन्छ, ग्ल्यामर गीतमा मात्र होइन, त्यसको शब्द, भाव र संगीतमा पनि हुनुपर्छ ।अनि त्यही ग्ल्यामर गीतको म्युजिक भिडियोमा पनि हुनुपर्छ।
यति त ठिकै छ तर ज्योतिले त्यसमाथि पनि थपेकी छिन्–मेरा तस्वीरहरु अलि कामुक हुन्छन् । म कामुक देखिन मन पराउँछु ।म अलि बच्चाबच्ची स्वभावकी छु। त्यही भएर पनि छोटा पहिरन तथा स्कर्ट आदि लगाउन मन पराउँछु ।
ज्योति आफूले लगाउने पहिरनका सम्बन्धमा भन्छिन्–भगवानले मेरो शरीरको संरचना गर्दा नै अलि सेक्सी टाइपको गर्नुभएछ क्यारे । खासगरी मेरो ब्रेस्ट एट्रय्क्टिभ भएर होला, हरेक पहिरनमा क्लिभेजचाहिँ सेक्सी देखिन्छ ।

सम्बन्धित शिर्षकहरु