
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ ६६.८ मिलियन पाउन्ड तिर्दै लिभरपुलले अलिसनलाई विश्वकै सर्बाधिक महँगा गोलकिपरको रुपमा क्लबमा भित्र्याएको छ।
२५ वर्षिय अलिसन ६ वर्षका लागि क्लबसँग अनुबन्धित भएका हुन्। दर्इ वर्ष इटालियन क्लब रोमामा बिताएका अलिसनले ३७ सिरि ए खेलहरु खेलेका थिए।
यसअघि विश्वकै सर्बाधिक महँगा गोलकिपर इटालीका गियनलुन्गि बुफोन थिए। यूभेन्ट्सले पार्माबाट उनलाई अनुबन्ध गर्न २००१ मा ५३ मिलियन यूरो तिरेको थियो। प्रिमियर लिगमा भने म्यानचेस्टर सिटीले इन्डरसनलाई भित्र्याउन २०१७ मा ४० मिलियन यूरो बेन्फिकालाई तिर्दै लिगकै महँगो गोलकिपर बनाएको थियो।






