
काडमाडाैँ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल)ले सरकारका राम्रा कामको प्रचार र रक्षा गर्ने बताएको छ। शुक्रबार काठमाडौँमा उपलब्ध पदाधिकारीको बैठकले सरकारमाथि अनावश्यक रुपमा लान्छाना लगाउने र विवादमा पार्ने कार्य भएको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फि रुपमा आक्रमण हुँदा नेता कार्यकर्ता मौन बसेको भन्दै दुखेसो गरेपछि तत्कालीन माओवादी केन्द्रको सहयोगी संगठनको रुपमा रहेको वाइसिएलले यस्तो निर्णण गरेको हो।
त्यस्तै बठैकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको आन्दोलन अनावश्यक भएको भन्दै त्यसको प्रतिवाद र भण्डाफोर गर्ने निर्णय पनि गरेको छ।








