
काठमाडाैँ । आज काठमाडौं उपत्यकासहित देशभर झरी पर्ने मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अाज पश्चिमी क्षेत्रको पोखरा आसपास ठूलो वर्षा हुने संभावना छ।
काठमाडौं उपत्यकासहित अन्य क्षेत्रमा भने हल्का र मध्यम वर्षा हुने उनले बताए । बाढीपहिरोको जोखिम खासै नदेखिए पनि मध्य र पश्चिम क्षेत्रमा ठूलो वर्षा हुने संभावना भएकाले नदी आसपासका वासिन्दाले सतर्कता अपनाउनु उचित हुने मौसमविद् पौडेलले बताए।
मंगलबार भने पूर्वी क्षेत्रमा पनि जलाधार क्षेत्रका वासिन्दाले सतर्कता अपाउनुपर्ने उनको सुझाव छ। सोमबारदेखि बुधबारसम्म मनसुन सक्रिय हुने भएकाले लगातार झरीको संभावना रहेको महाशाखाले जनाएको छ।








