
इन्डोनेसिया । इन्डोनेसियाको सुमित्रा क्षेत्रमा अवस्थित टोबा तालमा सोमबार एक डुंगा पल्टदा १ सय ८० जनाभन्दा बढी हराएका छन्। डुंगाले अाफ्नो क्षमता भन्दा तेब्बर गुणा बढी यात्रीहरु बोकेका कारण दुर्घटना भएको प्रारम्भिक रिपोर्टले जनाएको छ।
इदको वार्षिक विदा मनाउन पर्यटनहरु उक्त ताल घुम्न अाएका थिए। खराब मौसमले तालका असर गरेपछि डुंगा पल्टिएको थियो। धेरै यात्रीहरु अझैपनि डुंगाभित्रै रहेको अनुमान गरिएको छ। इन्डोनेसियाको राष्ट्रिय उद्धार तथा राहात एजेन्सीले घटना भएको एक घन्टामा १८ जनालार्इ मात्र जीवित उद्धार गर्न सकिएको जनाएको छ।
अहिलेपनि मानिसहरु अाफ्ना अाफन्त र साथीहरुको उद्धार भइ जीवितै फर्कने अाशामा बसेको बीबीसीले जनाएको छ।








