भारतीय प्रधानमन्त्री मोदी जनकपुर जाने पक्का

मंसिर ६ ।काठमाडौं,प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले सार्क सम्मेलनमा भाग लिन नेपाल आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजनकपुर जाने कुरा निश्चित भएको बताउनु भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा. नेपालले सूरक्षा अवस्था कडा बनाएर भए पनि भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण जाने कुरा सुनिश्चित भएको जानकारी दिनु भएको हो ।

साक्षात्कारमा नेपालले छरिएर रहेको सार्क अर्थतन्त्रलाई एकिकृत रुपमा अगाडी बढाउनका लागि पनि विशेष पहल थाल्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
क्षेत्रीय सहयोग र विकासका लागि स्थापित साफ्टा त्यति प्रभावकारी नभएको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउँदै सार्क क्षेत्रमै सबै राष्ट्रबीच वस्तु आयात–निर्यात, मानिसहरुको आवतजावत र सेवाहरुको सहज रुपमा प्रवाह हुन सके आर्थिक समृद्धि हासिलगर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाले साफ्टा जुन रुपमा अघि बढुनुपर्थ्यो त्यसरी बढ्न सकेको छैन, १८ औं सम्मेलनबाट साफ्टालाई प्रभावकारी बनाउन सार्क राष्ट्रको मूख्यएजेण्डा बन्नु पर्ने धारणा राख्नु भयो ।
उहाले यस पटकको सम्मेलनको मूख्य एजेण्डा नै सार्क क्षेत्रबाटै गरिवी हटाउने भएको भन्दै निश्चितमितितोकेर नै कार्यक्रमहरु अगाडि सार्नुपर्ने बताउनु भयो ।
एकिकृत माओवादीका नेता राम कार्कीले सार्कले धरै कार्यक्रमहरुको घोषणा गरे पनि कार्यन्वयन गर्न नसकेको गुनासो गर्नु भयो ।

कार्कीले सार्क भारत–पाकिस्तानको कारण छायाँमा परेको समेत आरोप लगाउन भयो ।

कार्कीले मोदीको जनकपुर भ्रमणवारे सरकारले कुरा लुकाएको आरोप लगाएका छन् ।
उहाले सार्क सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरुको वारेमाकुनै तयारी नै नगरेको समेत आरोप लगाएका छन् । भारत र चीनको दुवै देश विश्वक आर्थिक शक्ति बन्ने होडवाजीमा रहेको बताउँदै नेपालले त्यसबारेमा सचेत रहनुपर्ने सुझाव समेत दिनु भयो ।

त्यस्तै अर्थविद डा. विश्वम्भर प्याकुरेलले पनि सम्मेलनमा नयाँ–नयाँ एजेण्डा थुपार्नुभन्दा पनि कार्यन्वयन पक्षमा जोड दिनुपर्ने सुझाव दिनु भयो ।हरुबीचको ‘वान टु वान’ भेटमा समसामयिक राजनीतिक विषयका साथै पारस्परिक हित र आपसी चासोका सबै विषयमा विचारविमर्श हुनेछ ।

सत्र वर्षपछि भएको भारतीय प्रधानमन्त्रीको यो भ्रमणले बहुआयामिक नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने गरी उहाँहरुले आपसी सहयोगका नयाँ क्षेत्रहरु पहिल्याउने अपेक्षा गरिएको भट्टराईले बताउनुभयो ।
यसपछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुँदैछ । वार्ताको नेतृत्व दुवै मुलुकका प्रधानमन्त्रीले गर्नुहुनेछ ।

 

सम्बन्धित शिर्षकहरु