प्रधानमन्त्रीको निर्णयलाई चुनौती दिँदै यी मन्त्री, मन्त्रालयभित्र चकित पर्ने चलखेल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारी साधनफेरि सञ्चालन गर्न लागेका छन् । २० वर्ष नाघेका प्रतिबन्धित सवारी साधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

विभागले गत चैत १ देखि २० वर्ष पुराना गाडीलाई सार्वजनिक सवारी साधानलाई देशभरि गुडाउन प्रतिबन्ध लगाएको थियो ।२०७२ चैत १ गते केपी ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० वर्षभन्दा पुराना सम्पूर्ण सर्वाजनिक सवारी साधन विस्थापन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षकहरु