सार्क सम्मेलनभरि पाहुनाका लागि ‘नो लोडसेडिंग’

saarcमङ्सिर २, काठमाडौँ- सार्कको १८ औं शिखर सम्मेलन अवधिभर आमन्त्रण गरिएका विदेशी पाहुना बस्ने र ओहोरदोहोर गर्ने क्षेत्रमा लोडसेडिङ नहुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले मुलुकको प्रतिष्ठासँग गाँसिएको भन्दै विदेशी पाहुना बस्ने र ओहोरदोहोर गर्ने क्षेत्रमा लोडसेडिङ नगर्ने भएको हो ।   काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा दैनिक पाँच घण्टासम्म लोडसेडिङ् गर्दै आएको प्राधिकरणले सार्क सम्मेलन अवधिभरका लागि लोडसेडिङ नगर्ने भएको हो ।

प्राधिकरण स्रोतका अनुसार कुलेखानी जलाशयलाई पूर्ण रुपमा सञ्चालनका साथै भारतबाट समेत विजुली आयात गरेरै भएपनि लोडसेडिङ नगर्ने लक्ष्य राखिएको छ । हाल दैनिक पाँच घण्टा लोडसेडिङ गर्ने भनिएको भएता पनि काठमाडौँमा त्योभन्दा कम लोडसेडिंग हुदै आएको छ ।

सम्बन्धित शिर्षकहरु