गाईघाट –दिक्तेल सडक बन्द हुने

गार्इघाट । उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्ड ६ महिनाका लागि बन्द हुने भएको छ।सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुन लागेको हो।

छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी नदीमा वर्षायामसँगै पानीको बहाव बढ्न थालेपछि खोल्न लागिएको गाईघाट– दिक्तेल सडक कार्यालयले जनाएको छ।

आजदेखि बेलिब्रिज खोल्न लागिएकाले अब छ महिना वर्षा अवधिभरीका लागि यातायात सेवा बन्द हुने बेलिब्रिज खोल्ने जिम्मेवारी लिएका निर्माण व्यवसायी प्रेम कार्कीले जानकारी दिए। गाईघाट दिक्तेल सडक कार्यालय बोक्सेका प्राविधिक राजेन्द्र जोशीका अनुसार सुनकोशी नदीमा नदीको बहावमा दिनानुदिन वृद्धि हुँदै गएको र बेलिब्रिज बगाउने खतरा बढेको छ।

सम्बन्धित शिर्षकहरु